काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेशमा मनिलामा पक्राउ गरिएको छ । हङकङमा आयोजित एउटा कार्यक्रमबाट स्वदेश फर्केका दुतेर्तेलाई मनिला विमानस्थलमै हिरासतमा लिइएको थियो । उनको कार्यकालमा लागुपदार्थ विरोधी अभियानका नाममा हजारौं व्यक्तिको सरकारी सुरक्षाकर्मीले गैरकानुनी हत्या गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । मानव अधिारवादीहरूका अनुसार…