पानीको भर्न बसेकामाथि इजरायली आक्रमण, ६ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं । मध्य गाजामा पानीको कन्टेनर भर्न पर्खिरहेका ६ बालबालिकासहित १० जनाको इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् । अल–नुसैरत शरणार्थी शिविरमा पानी ट्याङ्करको छेउमा खाली जेरी क्यान लिएर लाइनमा उभिएका भीडमा ड्रोनले मिसाइल प्रहार गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणपछि स्थानीयवासीहरू घटनास्थलमा पुगेर निजी गाडी र…