अष्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको एक स्कुलमा भएको गोली आक्रमणमा ११ जनाको मृत्यु भएको छ । एक उच्च माध्यमिक विद्यालयमा गोली चल्दा २८ जना विद्यार्थी र शिक्षक घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान करिब १० बजे विद्यालयभित्र गोली चलेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनापछि ग्राजमा ठूलो सुरक्षा अपरेसन सञ्चालन गरिएको…