काठमाडौं । बेपत्ता रहेको भनिएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले देशवासीका नाममा सम्बोधन गरेका छन् । राजधानी तेहरानबाट देशवासीलाई सम्बोधन गर्दै उनले अमेरिकाको हालैको सैन्य आक्रमण आणविक कार्यक्रम रोक्न नभई इरानलाई घुँडा टेकाउने नियतका साथ भएको दाबी गरे । उनले भने, 'कहिले मानव अधिकार, कहिले महिलाका अधिकार, अनि कहिले आणविक वा मिसाइल कार्यक्रमलाई बहाना…