काठमाडौं । भारतले जम्मू–कश्मीरकाे पहलगाममा भएकाे घटनाको जवाफ दिन पाकिस्तानमाथि आक्रमण गरेको बताएको छ । आज बिहानै पाकिस्तानका नौ ठाउँमा मिसाइल आक्रमण गरेपछिको पहिलो पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिस्रीले सीमापार आक्रमणको जवाफ दिने र प्रतिकार गर्ने आफ्नो अधिकारको प्रयोग गर्दै पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा ‘आतङ्कवादी पूर्वाधार’ हरूमा आक्रमण गरेको बताएको बीबीसी हिन्दीले…