युक्रेनसँग युद्ध शुरू भएपछि रुसी राष्ट्रपति पुटिन पहिलो पटक कुर्स्क क्षेत्रको भ्रमणमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । रुस–युक्रेन युद्ध शुरू भएपछि यो क्षेत्रमा उनको पहिलो भ्रमण हो । सार्वजनिक भएका तस्वीरहरूमा रुसी राष्ट्रपति पुटिन सैन्य पोशाकमा देखिएका छन् । रुसका चिफ अफ जनरल स्टाफले कुर्स्क क्षेत्रको ११ सय वर्ग किलोमिटर भूभाग युक्रेनको कब्जाबाट मुक्त गरिएको बताएको बीबीसीले जनाएको छ ।…