काठमाडौं । गाजामा शासन गरिरहेको प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध गाजामै ठूलो प्रदर्शन भएको छ । हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै उत्तरी गाजाको बेत लाहियाको सडकमा सयौं मानिसहरूले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । यसअघि पनि हमासविरुद्ध प्रदर्शन हुने गरेकोमा यो इजरायल–गाजा बीचको पछिल्लो युद्ध शुरू भएयताकै ठूलो प्रदर्शन रहेको बीबीसीको खबरमा उल्लेख छ । यसैबीच…