अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् । राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच आज बेइजिङमा शिखर वार्ता हुँदै छ । विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च…