गुयाक्विल (इक्वेडर) । इक्वेडरको लागुपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबिच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले विज्ञप्तिमा पहिले १२ जनाको मृत्यु भएको बताएको थियो । एक प्रहरी स्रोतका अनुसार गोली हानाहानमा लस टिगेरोन्स…