मणिपुरमा हिंसा वृद्धि भएपछि भारतीय प्रहरीद्वारा ३३ जना पक्राउ

नयाँ दिल्ली । जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन् । मणिपुरमा मुख्यतया हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ को मे महिनामा सुरु भएको जातीय द्वन्द्वले कम्तीमा २०० जनाको ज्यान लिएको छ । महिनौँको सापेक्षिक शान्तिपछि…