इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघ समक्ष आह्वान

कायरो । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौँ देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार प्रतिबन्धको आव्हान गरिएको छ । पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आह्वान आएको हो । इजिप्टको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो…