काठमाडौं । उत्तरी नाइजेरियाको बोर्नो राज्यमा भएको बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ । अरू ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । नाइजेरियाको आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आत्मघाती आक्रमणकारीले विवाह समारोह, अन्तेष्टिस्थल र अस्पतालमा आक्रमण गरेका हुन् । एक विवाह समारोहमा भएको बम विष्फोटमा छ जनाको ज्यान गएको छ । नाइजेरियाको…