मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको इरानको दाबी

तेहरान । इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा कतार, कुवेत र इराकस्थित अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार कतारको अल उदैद एयरबेस, कुवेतको क्याम्प अरिफजान तथा इराकको…