फिलिपिन्समा भ्रष्टाचार काण्डमा राष्ट्रपतिकाे राजीनामा माग गर्दै ठूलाे प्रदर्शन

काठमाडौं । फिलिपिन्समा बाढी नियन्त्रण पूर्वाधारमा सरकारी खर्चसँग जोडिएको भ्रष्टाचार काण्डलाई लिएर राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको राजीनामा माग गर्दै राजधानी मनिलामा ठूलो प्रदर्शन भएको छ । किलुसाङ बयान कोन्ट्रा–कुराकोट वा भ्रष्टाचारविरुद्धको जनआन्दोलन (केबीकेके) ले आयोजना गरेको र्‍यालीमा १०औं हजार प्रदर्शनकारी सहभागी भएका समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति जुनियरले पूर्वाधार परियोजनाहरूबाट घुस लिएको दाबीले…