हङकङमा बुधबार लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ। केही मानिसहरुको अवस्था अझै अज्ञात छ । आगलागीमा परी ६२ जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार मध्यराततिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ । कम्प्लेक्समा आठ टावरहरू छन्,…