जिउछुआन । चीनले बुधबार ‘लङ मार्च-२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार दिउँसो १२:०१ बजे उडान भरिएको थियो । यसले शिजियान-३०ए, शिजियान-३०बी र शिजियान-३०सी नामक उपग्रह निर्धारित कक्षमा पुर्याएको छ । शिजियान-३०ए, शिजियान-३०बी र शिजियान-३०सी चीनद्वारा प्रक्षेपित प्रायोगिक उपग्रहको समूह…