काठमाडौं । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुनःप्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका युद्ध दृश्यहरूले सामाजिक सञ्जाल भरिएको छ । विश्लेषकहरूका अनुसार जमिनमा भइरहेका घटनाभन्दा छिटो फैलिने यस्ता सामग्रीले कथानकको प्रतिस्पर्धालाई तीव्र बनाएको…