नैरोबी । पूर्वी अफ्रिकी देश केन्यामा लगातार परेको भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा ६६ जनाको ज्यान गएको छ । पछिल्लो घटनामा थप चार जनाको मृत्यु भएपछि एक साताभित्र मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको प्रहरीले जनाएको छ । देशको राजधानी नैरोबीमा आइतबार राति पनि भारी वर्षा भएको थियो । यद्यपि पछिल्लो वर्षापछि नयाँ मृत्युको खबर…