मस्को । रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकाल पनि भारी मतका साथ जित्ने एक्जिट पोलको नतिजा छ । एक्जिट पोलको नतिजाले पुटिनले ८७ प्रतिशत मत सहित विजयी हुने प्रक्षेपण गरेको छ । पुटिनसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वी नै नभएको अवस्थामा पुटिनको जित सुनिश्चित भएको निर्वाचन अघि नै अनुमान गरिएको थियो ।…