अफ्रिकी मुलुक मालीमा बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु

मालीमा मङ्गलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । मालिको केनिबामा एउटा बस नदीमाथि रहेको पुलबाट तल खस्दा सो घटना भएको हो । स्थानीय समयअनुसार साँझ पाँचको समयमा बुर्किनाफासो जाँदै गरेको बस दुर्घटनामा परेको थियो । चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताइएको छ । विश्वको सडक दुर्घटनाबाट हुने मृत्युको लगभग एक चौथाइ…