इजरायलद्वारा गाजाका मानवीय क्षेत्र खाली गर्न आदेश

डेरअल (गाजा) । इजरायली सेनाले सोमबार गाजापट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ । दक्षिणी गाजापट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हमास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ । इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन्…