कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह

नयाँदिल्ली । भारतले क्यानडालाई भारतबाट करिब ४० कूटनीतिक कर्मचारी फिर्ता लिन आग्रह गरेको छ । बिगत एक हप्ता देखी संकटमा तीव्र वृद्धि भएसँगै भारतले क्यानडासँग आग्रह गरेको जनाइर्एको छ । ‘अक्टोबर १० पछि बस्नेहरूले आफ्नो कूटनीतिक उन्मुक्ति गुमाउने छन्,’ फाइनान्सियल टाइम्सले यसबारेमा लेखेको छ । गत महिना क्यानडाको भूमिमा सिख पृथकतावादी नेताको हत्यामा भारतको हात रहेको…