मलेसियाको हिरासतबाट १०० भन्दा बढी रोहिंग्या शरणार्थी फरार

क्वालालम्पुर । मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् । भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले…