हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको युद्धविरामको ढाँचामा छलफल गर्न आफ्नो समूहलाई आमन्त्रित गरिएको बताएका छन् । छ हप्ताको युद्धविरामको प्रस्ताव गरिएको बताइएको छ । जसमा पहिलेजस्तै इजरायली बन्धकसँग प्यालेस्टाइनी कैदीहरु साटफेर गरिनेछ ।…