भारतमा सुरुङमा फसेका सबै ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा निर्माणाधिन सुरुङ भत्किएर फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्दार गरिएको छ । सुरुङमा फसेका सबैको सकुशल उद्दार गरिएको उत्तराखण्ड राज्य सरकारले जनाएको छ । उद्धारकर्ताहरूले साढे ४ किलोमिटर लामो सुरुङमा ९० सेन्टिमिटर चौडा पाइप छिराएर मजदुरहरुलाई एक-एक गर्दै निकालेका थिए । उनीहरुको उद्दार भएसँगै खुसीयाली मनाइएको छ…