नाब्लस । इजराइली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारी साधनसहित घुसपैठ गरेर इजराइली सेनाले पाँच जनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक इजराइली हमला थियो…