चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु, २५ बढी घाइते

चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ । उनी मृत भेटिएका छन् । उनको मृत्यु आत्महत्या वा प्रहरी कार्वाहीमा भयो भन्‍ने स्पष्ट भएको छैन । बन्दुकधारीको पहिचान पनि खुलाइएको छैन…