काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ । सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् । यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ ।…