बैङ्कक । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गरेपछि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ । आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए । “उनीहरूबीच निजी मामिलामा…