दक्षिण अमेरिकी राज्य इक्वेडरमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार मध्य दिनमा गएको ६ दशमलब ७ म्याग्निच्युडको भूकम्पले कयौं शहरमा घरहरु भत्किएका छन् । दक्षिणी राज्य एल ओरो सबैभन्दा प्रभावित छ । भत्किएका घरका भग्नावशेषभित्र मानिसहरु थुनिएको आपतकालिन सेवाले जनाएको छ । अधिकारीका अनुसार मृतक मध्ये ११ जनाको…