काठमाडौं । चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन् । तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए । उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन । राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ । अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने भएका छन् ।…