ब्रिस्बेन । सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकोप्टर दुर्घटना भएको छ । प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार सदस्यको कुनै अत्तोपत्तो नलागेको जनाएको छ । क्विन्सल्यान्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकोप्टरका धेरै भग्नावशेष फेलापारेको र चालक दलका सदस्यको…