महिनावारीमा तीन दिन बिदा दिने तयारीमा स्पेन

म्याड्रिड । स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसदमा प्रस्ताव गरिएको एउटा मस्यौदा विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन सक्ने उल्लेख छ । सञ्चार माध्यममा चुहावट भएको सो मस्यौदाबारे संसदमा छलफल भइरहेको छ ।विद्येयक पारित भएमा यस्तो प्रावधान कायम गर्ने स्पेन युरोपमै पहिलो देश हुनेछ ।…