नवयुवा आन्दोलनपछि बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदै

काठमाडौं । बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदैछ । झन्डै साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि हुन लागेको यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका लागि निर्णायक मानिएको छ । मतदान बिहान साढे ७ बजे शुरू हुँदैछ । मतगणना आजै बेलुकादेखि शुरू हुनेछ । प्रारम्भिक नतिजा मध्यराततिर आउन सक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ…