काठमाडाैँ । युक्रेनमा देखिएको परमाणु सुरक्षासम्बन्धी जोखिमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियमन निकायको बोर्ड बैठक शुक्रबार बस्ने भएको छ । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता त्यहाँको ऊर्जा संरचना पटक–पटक क्षतिग्रस्त हुँदै आएको छ। यसले युक्रेनका परमाणु विद्युत् उत्पादन केन्द्रहरूमा आवश्यक विद्युत् आपूर्तिमा समस्या सिर्जना गरेको छ र सम्भावित परमाणु दुर्घटनाको चिन्ता बढाएको…