तिब्बतको न्यिंगची हिमपहिरोमा परी ८ को मृत्यु

तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ सरकारले उद्धारका लागि टोली परिचालन गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी सिन्ह्वाका अनुसार मंगलबार राति करिब ८ बजे मेनलिङ काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट…