टर्की र सिरियामा गत सोमबारको भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ। हिमपात र कठ्याङ्ग्रिँदो चिसोले भूकम्प पीडितहरूलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका…