कक्रोच जनता पार्टीलाई इन्स्टाग्राममा ५ दिनमै १ करोड १७ लाख फलोअर्स

छिमेकी देश भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ । यस अभिव्यक्तिको विरोधमा ‘कक्रोच जनता पार्टी’ नामको एउटा पार्टी नै बनेको छ र हेर्दाहेर्दै यस पार्टीको इन्स्टाग्राम ह्यान्डलमा १ करोड १७ लाख भन्दा बढी फलोअर्स पुगिसकेका छन् । यो सङ्ख्या लगातार वृद्धि हुने क्रममा छ ।…