इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले इरानसँगको वार्ता पनि तिब्र गतिमा अगाडि बढिरहेको बताएका हुन् । लेबनानमा इजरायली सैन्य कारबाहीको विरोध गर्दै तेहरानले मध्यस्थकर्ताहरूमार्फत वासिङ्टनसँग भइरहेको सन्देश आदानप्रदान प्रक्रिया स्थगित गरेको बताएको केही घण्टापछि ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो ।…