इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए) का अनुसार, इन्धन अभावले अस्पताल, एम्बुलेन्स र पिउने पानीको व्यवस्था गम्भीर रूपमा प्रभावित भएको छ । “अस्पतालहरू सेवा सञ्चालनका लागि कठिनाइ भोगिरहेका छन्…