काठमाडौं । हनुमानढोकामा अवस्थित पुरानो प्रहरी भवन अब भत्काइने भएको छ। मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दिपक थापाबीच भवन हटाउने विषयमा मौखिक सहमति भएको हो। महानगरपालिकाका अनुसार, छलफलका क्रममा दुवै पक्षले भवनको अवस्थाबारे विचार गर्दै यसलाई हटाउने निर्णयमा पुगेका हुन्। २०७२ सालको विनाशकारी भूकम्पपछि हनुमानढोकास्थित प्रहरी…