काठमाडौं । अस्ति मङ्कलवार दिउँसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ । विमानस्थल खुला भएसँगै हिजो बेलुकीदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । आन्तरिक उडान आजदेखि सञ्चालनमा आउँदैछ छ । आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सबै आन्तरिक उडान आज बिहानदेखि सञ्चालनमा आउने जनाएको छ । विमानस्थल सञ्चालनमा आएसँगै यात्रुको भीड बढेको छ…