काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला पहिरो हटाउन शुक्रबार बिहान सम्म लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आज पहिरो हटाउन सक्ने सम्भावना नभएको जनाएको हो । पहिरो पन्छाउन शुक्रबार बिहानसम्म लाग्ने सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । उनले भने, ‘फेरि पानी परेन भने भोलि…