काठमाडौं । शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ । प्रधानमन्त्री ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाए पनि त्यसअघि नै परिस्थिति नियन्त्रणबाहिर पुगिसकेको हाे । सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा…