मकवानपुर । मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अर्काको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौँडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सिन्धुली मरिन गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–४ स्थित…