पहिले धुमधामसँग बिहे, जात थाहा पाएपछि निकालिइन् घरबाट

गोरखा । असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो र साँघुरो घरभित्र घामको रापले बसिनसक्नु हुन्छ । गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिका परियार यही घरमा बस्छिन् । उनीमात्रै होइन एक महिने छोरालाई यही टहरोभित्र हुर्काइरहेकी छन् । टहरा उनको आफ्नै पनि होइन । स्थानीय…