बाल्टिमोर, अमेरिका । हिन्दू धर्मका प्रसिद्ध साधक कालीदास बाबा बाल्टिमोर आउनु हुने भएको छ। कालीबाबाका रूपमा नेपाल र भारतमा ख्याति कमाउनु भएको बाबा शनिवार र आइतवार बाल्टिमोरमा रहने आयोजकहरूले जानकारी दिएका छन्। नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगाको तत्कालीन बर्नालु गाविसमा सन् १९५१ मा जन्मिनु भएका बाबा कालीदासले भारतबाट ज्ञान र काली माताबाट सिद्धि प्राप्त गर्नु…