डेंगी सङ्क्रमण ७४ जिल्लामा फैलियो, २ जनाले ज्यान गुमाए

काठमाडौं । डेंगीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार अहिलेसम्म ३ हजार २ सय ४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ । पछिल्लो १ हप्तामा २ सय ११ जना डेंगीबाट सङ्क्रमित भएका छन् । त्यसैगरी डेंगीको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ…