काठमाडौं । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वैदिक मान्यताअनुसार…