सर्वोच्च अदालतद्वारा कृत्रिम गर्भाधानका लागि डिम्ब निकाल्न र भण्डार गर्न रोक

काठमाडौं । सर्वोच्च अदालतले कृत्रिम गर्भाधानका लागि डिम्ब निकाल्न र भण्डार गर्न रोक लगाएको छ । सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले सरकारको नाममा आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार समेत दिएको हो । स्वास्थ्य मन्त्रालयले गत आइतबार आइभिएफ नियमनसम्बन्धी मापदण्ड जारी गर्दै डिम्ब र शुक्रकीट संकलन विधिलाई सरल बनाएको थियो ।…