काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ११ जना मृत भेटिएका छन् । आइतबारसम्म ११ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार, अझै १७ जना बेपत्ता छन् । खोज तथा उद्धारका लागि एकहजार ९५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ…