उपल्लो मुस्ताङमा दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । मुस्ताङका तीन ठाउँमा क्यामेरा ट्यापिङका माध्यमबाट हिउँ चितुवाको अनुगमन शुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडाआसपास क्षेत्रमा दुईवटा…